लकडाउनमा रेडियो मार्फत एसइईको तयारी गर्दै विद्यार्थी

लकडाउनमा रेडियो मार्फत एसइईको तयारी गर्दै विद्यार्थी

रेडियोबाट अंग्रेजी विषयको दुरशिक्षण गराउँदै शिक्षक धर्मराज खड्का ।

दैलेख वैशाख ७ गते ।
कोरोना भाइरसको जोखिमका कारण माध्यामिक शिक्षा परीक्षा (एसइई) स्थगित भएपछि चिन्तित बनेका दैलेखका एसइई परीक्षार्थी रेडियोबाटै पढाई हुनथालेपछि खुसी भएका छन । लकडाउन (बन्दाबन्दी)का कारण एसइई परीक्षाको चिन्तामा रहेका विद्यार्थीलाई रेडियोबाटै पढाउ थालेपछि उत्साहित भएका हुन् । एसइईको अन्तिम तयारीमा जुटेका विद्यार्थीहरु एक्कासी परीक्षा स्थगित भई लकडाउनले परीक्षा मिति अनिश्चित बन्नुका साथै ट्युसन कक्षा समेत बन्द हुँदा चिन्तामा थिए । लकडाउनको बेला पनि बालबालिको पढाई लेखाईमा निरन्ताता दिन रेडियोबाट पढाउन थालिएको हो । एसइई परीक्षार्थीहरुलाई लक्षित गरेर दैलेखका दुई वटा रेडियो मार्फत एसइई तयारी दुरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेख, स्थानीय तहहरु, सेभ द चिल्ड्रेन र एभरेष्ट क्लबको समन्वयमा सुरु भएको रेडियो कार्यक्रममा आइतवार र बुधवार अंग्रेजी, सोमवार र विहीवार गणित र मंगलवार र शुक्रवार विज्ञान विषय शिक्षण गरिने बताइएको छ । दैलेखका दुई वटा एफएमहरु रेडियो धुवतारा सामुदायिक एफएम ८९.८ मेगाहर्ज र रेडियो ज्वाला सामुदायिक एफएम १००.४ मेगाहर्जमा शनिवार बाहेक हरेक दिन बिहान सवा ८ बजेपछि एकै साथ प्रसारण गर्ने व्यवस्था मिलाइएको छ । अंग्रेजी, गणित र विज्ञान विषयमा सिकाई उपलब्धी कमजोर भएको कारण एसईई परीक्षाका लागि दुरशिक्षा कार्यक्रम गर्न थालिएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाई प्रमुख तेजबहादुर थापाले बताए ।
यसैगरी गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोश्रो परियोजनाको सहयोगमा लकडाउनको कारण विद्यालय बन्द भएको अवस्थामा प्राथमिक तहका बालबालिकालाई घरमै पनि पढाई लेखाईलाई मद्दत पु¥याउन बाल चौतारी रेडियो कार्यक्रम सुरु भएको छ । बाल सहभागितालाई बढावा दिइने यो कार्यक्रम रेडियो धु्रवतारा सामुदायिक एफएम ८९.८ मेगाहर्जमा हप्तामा तीन दिन सोमवार, बुधवार र शुक्रवार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म प्रसारण गर्ने व्यवस्था मिलाइएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बीसीले जानकारी दिए ।

प्रतिक्रिया