‘साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ’

‘साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ’

घरघरमा पुगेर हात धुन सिकाउँदै ‘सोसेक’
दैलेख वैशाख ९ गते ।
कोरोना भाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ । सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । कोरोना भाइरसका साथै अन्य सरुवा रोगबाट आफु तथा अन्यलाई जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो ।
यसैलाई आत्मसाथ गर्दै भैरबी गाउँपालिका वडा नम्बर ४ सिलंगी बजार लगाएतका टोलहरुमा साबुन पानीले हात धुन सिकाईएको छ । एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित महिला, युवा तथा बाल अधिकार प्रर्वद्धन कार्यक्रम (आधार) परियोजनाले स्थानीय बासिन्दाको घर–घरमा पुगेर साबुन पानीले हात धुन सिकाएको हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्न र सतर्कताका लागि साबुन पानीले हात धुन सिकाएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् । सो अभियानमा समाज रुपान्तरण युवा कचहरीको सदस्य कृष्णा विक लगाएतले सहयोग गरेको बताईएको छ । त्यहाँका झण्डै ६० घरका नागरिकहरुलाई हात धुने तरिकाबारे जानकारी दिनुका साथै हात धुन सिकाईएको नेपालीले जानकारी दिइन् ।
उनका अनुसार स्थानीय महिला, बालबालिका, युवा तथा जेष्ठ नागरिकहरुलाई साबुन पानीले हातधुन सिकाईएको हो । साथै कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट बच्ने उपाएहरुबारे समेत स्थानीयलाई जानकारी गराईएको छ । ग्रामीण भेगका नागरिकहरु कोरोना भाइरसबारे यथार्थ कुरै नबुझेर त्यसै त्रसित हुने गरेको कारण यसबारे फैलिएको भ्रम चिर्न र पूर्वसजकताका लागि अभियान थालिएको हो ।

तस्विरहरू :

प्रतिक्रिया