लकडाउनका कारण अलपत्र परेका मजदुरलाई धमाधम उद्वार गरिँदै

लकडाउनका कारण अलपत्र परेका मजदुरलाई धमाधम उद्वार गरिँदै

जुम्लाबाट हिडेरै बर्दिया जादै गरेका मजदुरहरुलाई गुराँस गाउँपालिका–१ मा खाना खुवाईदैँ ।

दैलेख वैशाख ९ गते ।
जिल्ला प्रशासन कार्यालय दैलेखले एक साता अघि सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अलपत्र परेका एक सय ३८ जनाको उद्वार ग¥यो । पछिल्लो तीन दिनमा बबई नाकाबाट झण्डैै ८० जनाको उद्वार भयो । प्रशासनले विभिन्न स्थानमा अलपत्र परेकालाई धमाधम उद्वार गर्न थालेको छ । पछिल्लो एक सातामा दैलेखका विभिन्न पालिकाका झण्डै अढाई सय नागरिकहरुलाई उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
कर्णाली प्रदेश मित्रिने मुख्य नाका बबईबाट उद्वार गर्दै क्वारेन्टाइनमा राख्न थालिएको छ । उद्वार गरेर ल्याईएका नागरिकहरुलाई जुन स्थानीय तहका हुन सोहि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए । जिल्ला भित्रै अलपत्र परेका मजदुरहरुलाई उद्वार गरेर सम्बन्धित जिल्लामा पठाउने गरिएको उनले बताए ।
विभिन्न जिल्लामा मजदुरीका लागि गएका दैलेखका बासिन्दा लकडाउन लम्बिएसँगै पैदल जन्मथलो पुग्नेगरी हिडेका थिए ।

हिड्दै आएका जिल्लाबासी मजदुरहरुलाई बबईमा जम्मा गरेर जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुको समन्वयमा उद्वार गरिरहेको प्रमुख जिल्ला अधिकारी कटेलले जनाए । ‘हामीले दैलेख जिल्लाका कोही पनि नागरिक बाटोमै अलपत्र नपरुन भन्ने रणनीति अपनाएका छौ,’ प्रमुख जिल्ला अधिकारी कटेलले भने ‘जिल्लाका कुनै पनि नागरिक कर्णाली प्रदेश भित्रिने नाकामा अलपत्र परेको खण्डमा उद्वार गरि गुराँस गाउँपालिकामा खाना खुवाउने गरिएको छ ।’
उनिहरुलाई सम्बन्धित पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखेर ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिने उनले बताए । अलपत्र नागरिकहरुलाई उद्वार गर्दा लाग्ने यातायात सम्बन्धि स्थानीय तहले बेहोर्ने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
जुम्लाबाट हिडेरै प्रदेश ५ को बर्दिया जान लागेका मजदुरहरुलाई गुराँस गाउँपालिका–१ मा खाना खुवाएर पठाईएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी तल्लो डुङ्गेश्वरको समन्वयमा उनिहरुलाई वडा कार्यालयमा खाना खुवाई सुर्खेत हुँदै गुलरिया बर्दिया पठाईएको बताईएको छ ।

प्रतिक्रिया