सेनीटाइजर, ग्लोब्स, मास्क र साबुन सहयोग

सेनीटाइजर, ग्लोब्स, मास्क र साबुन सहयोग

स्वास्थ्य सेव कार्यालय दैलेखलाई सामग्री प्रदान गरिँदै ।

दैलेख वैशाख १० गते । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट बच्न दैलेख सदरमुकाम स्थित भैरहवा सूनचाँदी पसलका प्रोपराइटर कुलबहादुर विकले व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले दैलेखका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, पत्रकार तथा कारागारका कर्मचारी कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । समाजसेवी विकले बिहिवार जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी बल, नेपाली सेनाको इन्द्रदल गुल्म, स्वास्थ्य सेवा कार्यालय, कारागार कार्यालय र जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

यी सबै निकायहरुलाई गरी ९ सय ६० थान मास्क, ६ सय ३० वटा हातधुने साबुन, ९५ वटा सेनेटाइजर, ६०० पीस ग्लोब्स प्रदान गरिएको बताईएको छ । दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका विकले यो विपद्को समयमा सामान्य भएपनि सहयोग गरेको बताए । सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, बिरामीका लागि मैदानमा रहेका स्वास्थ्यकर्मी, सूचनाका लागि खटिएका पत्रकार तथा राष्ट्रसेवक कर्मचारीहरुलाई अत्यावश्यक सामग्रीहरु प्रदान गरेको उनले बताए ।

सामग्री वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कटेल, इन्द्रदल गुल्मका सेनानी गणेशराज पन्त, डीएसपी हरिबहादुर ओली, सशस्त्र प्रहरीका डिएसपी जीवन भट्टराई लगाएतको उपस्थिति रहेको थियो । विपद्को बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेकोमा प्रमुख जिल्ला अधिकारी युवराज कटेलले समाजसेबी विकलाई धन्यवाद दिए । स्वास्थ्य सामग्रीले सूचनाका लागि मैदानमा खटिएका पत्रकारहरुलाई कोरोनाको जोखिम न्यूनिकरणमा केहि हदसम्म भएपनि सहयोग पुगेको पत्रकार महासंघ दैलेखका उपाध्इक्ष कृष्ण देवकोटाले बताए ।


प्रतिक्रिया