डुङ्गेश्वर गाउँपालिकाको विपद् कोषमा २५ हजार सहयोग

डुङ्गेश्वर गाउँपालिकाको विपद् कोषमा २५ हजार सहयोग

दैलेख वैशाख ११ गते । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोगथाम गर्नका लागि दैलेखको डुङ्गेश्वर गाउँपालिकाले विपद व्यवस्थापनका लागि खोलेको विपद व्यवस्थापनको खातामा २५ हजार रुपैयाँ सहयोग गरिएको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं.६ माथिल्लो डुङ्गेश्वर बजारमा रहेको काक्रेतडा बहुउद्देश्यीय सहकारी संस्थाले कोषको खातामा २५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष पदम बहादुर मल्ल र व्यवस्थापक दिपककुमार थापाले गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्ललाई उक्त रकम हस्तान्तरण गरे । सहकारीले महामारी रुपमा फैलिएको कोरोना भाइरस कारण विपन्न परिवार तथा दैनिक ज्यालादारी गरि खानेहरुलाई समस्या रहेको र यस समस्यालाई समाधान गर्न गाउँपालकाले राहत वितरण गरिरहेको हुदाँ यसमा केहि मात्रामा सहयोग पु¥याउनका लागि थोरै भएपनि सहयोग गरिएको सहकारीका अध्यक्ष मल्लले बताए ।
यस अघि डुङ्गेश्वर गाउँपालिका नेकपाका अध्यक्ष श्याम रानाले १० हजार रुपैयाँ सहयोग गरेको गाउँपालिका स्रोतले जनाएको छ । गाउँपालिकाले सानिमा बैंकमा रहेको डुङ्गेश्वर गाउँपालिका विपद व्यवस्थापन खाता नं. ०६००१००४००००००२ (कोष) मा संघीय संरकार, प्रदेश संरकार, वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संस्था, उद्योगपति, व्यापारी, शिक्षक, कर्मचारी, बृद्विजिवी, समाजसेवी, अन्य इच्छुक व्यक्तिहरूलाई सहयोगको आग्रह गरेको छ ।

प्रतिक्रिया