जन्मदिनमा मास्क र हातधुने साबुन सहयोग

जन्मदिनमा मास्क र हातधुने साबुन सहयोग

दैलेख वैशाख १२ गते ।
जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिरेन्द्रबहादुर शाहीले आफ्नो जन्मदिनमा विभिन्न समुदाय, प्रहरी चौकी र स्वास्थ्य चौकीलाई मास्क र हातधुने साबुन सहयोग गरेर मनाएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेका हुन् । वडाका विभिन्न टोलका करिब दुई सय ५० परिवारलाई साबुन, चार सय घरपरिवारलाई मास्क वितरण गरेका छन् । भर्खरै स्थापना भएको प्रहरी चौकी भैरवीलाई एक सय वटा मास्क, एक दर्जन हातधुने सावुन प्रदान गरिएको वडाध्यक्ष शाहीले बताए । उनका अनुसार भैरीकालिकाथुम स्वास्थ्य चौकीलाई पाँच सय वटा मास्क र तीन दर्जन हातधुने साबुन वितरण गरिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि विपन्न परिवार र सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उनले बताए । ‘जन्मदिनमा फजुल खर्च गर्ने क्रम बढ्यो, उनले भने–‘मेरो जन्मदिन विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न स्वास्थ्य सामग्री वितरण गरेर मनाएको हुँ ।’
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको एक महिना लामो लकडाउनका कारण खाद्यान्नको समस्यामा परेका दैनिक मजदुरी गरेर खाने, हुँदा खाने वर्गहरु तथा अतिविपन्न परिवारलाई राहत वितरण गर्ने तयारी भएको उनले वडाध्यक्ष शाहीले जानकारी दिए ।

प्रतिक्रिया