काँक्रो खेतीतर्फ आकर्षित हुँदै आठबीसका महिला (तस्विर सहित)

काँक्रो खेतीतर्फ आकर्षित हुँदै आठबीसका महिला (तस्विर सहित)

दैलेख वैशाख १३ गते ।
दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकाका महिलाहरु काँक्रो खेती तर्फ आकर्षित हुँदै गईरहेका छन् । आठबीस नगरपालिका वडा नम्बर ४ का बासघारी गौरीशंकर कृषक समुह लगाएत अन्य कृषक समुहमा आबद्ध महिला कृषकहरु काँक्रो र खुर्सानी खेतीमा लागि परेका हुन् । उनिहरुले काँक्रो र खुर्सानी खेती गरेर आम्दानी बढाउन थालेका छन् । बासघारी गौरीशंकर कृषक समुहमा आबद्ध पदमा कार्की, बिजुला कार्की, हजुरा कार्की, नानी कार्की लगाएतले काँक्रो खेती गरिरहेका छन् । त्यसैगरी बिमा कार्की, जानकी कार्की खुर्सानी खेती गरिरहेका छन् ।

डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित साकार परियोजना र उत्थान परियोजनाले ती कृषकहरुलाई बीउ, प्राविधिक सहयोग उपलब्ध गराएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाका अनुसार आठबीस नगरपालिकाका विभिन्न ४ वटा कृषक समुहका एक सय जना किसानहरुलाई काँक्रो र ४० जना किसानलाई खुर्सानीको बीउ वितरण गरिएको थियो ।
उत्थान परियोजनाबाट साना बीरुवा तथा साकार परियोजनाबाट ठुला बीरुवा वितरण गरिएको प्रशासन तथा लेखा अधिकृत सापकोटाले बताए । साकार परियोजनाले यस अघि देखि नै पलाष्टिक घर वितरण गर्दै आएको छ । बीउ र प्राविधिक सहयोग पाए पछि महिला किसानहरुलाई खेती गर्न सहज भएको छ ।

प्रतिक्रिया