आठबीस नगरको प्रकोप व्यवस्थापन कोषमा होटल वसिस इनको ५० हजार सहयोग

          |   प्रकाशित मितिः शनिबार, बैशाख १३, २०७७     ::: 573 पटक पढिएको   |  

दैलेख वैशाख १३ गते ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आठबिस नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक योगदान गर्ने सहयोगी हात जुटेका छन् । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी शनिवार राकमकर्णालीको होटल वसिस इनको तर्फबाट ५० हजार रुपैयाँको चेक नगरप्रमुख खड्गराज उपाध्यायलाई हस्तान्तरण गरिएको छ ।
आठबिस नगरपालिका–४ राकमकर्णालीमा सञ्चालित उक्त होटलका सञ्चालक एवं क्षितिज कन्ट्रक्सनका प्रोपराइटर युवा व्यवसायी भरतकुमार सिजापतीले ५० हजारको चेक नगरप्रमुख उपाध्यायलाई हस्तान्तरण गरेका हुन् । सिजापतीले यस विपद्को समयमा तत्कालै स्वास्थ्य चौकी राकमकर्णालीलाई एक थान इसिजी मेसिन उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । विश्वव्यापी रुपमा मानव जातिविरुद्ध आइपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति नगरप्रमुख उपाध्यायले हार्दिक आभार सहित सहयोगको लागि धन्यवाद व्यक्त गरे ।



Leave a comment

Your email address will not be published.


*