कोरोनासँग जुध्न कर्णालीमा ‘एकिकृत समूह’

कोरोनासँग जुध्न कर्णालीमा ‘एकिकृत समूह’

सुर्खेत वैशाख १४ गते :  कर्णालीमा कोरोना रोकथामका लागि एकिकृत समूह परिचालन गरिने भएको छ । प्रदेश सरकारले सबै स्थानीय तहमा कोरोनासँग जुध्न यस्तो समूह परिचालन गर्ने भएको हो । यसका लागि हरेक स्थानीय तहमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयम्सेवक रहेको एकिकृत समूह गठन गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

प्रदेशमा हरेक स्थानीय तहमा एकिकृत समूह गठन हुनेछन् । यही समूहलाई स्थानीय तहमा कोरोना रोकथाम र नियन्त्रणका लागि परिचालन गरिने छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको वैठकले सबै स्थानीय तहमा सम्वन्धित तहका प्रमुखको संयोजकत्वमा संयुक्त समूह गठन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै कर्णालीका ७९ वटै स्थानीय तहमाएकिकृत समूह खटाइने भएको हो ।

स्थानीय तहमा परिचालन हुने यी समूहले पालिका स्तरमा कोरोना रोकथामका लागि स्वास्थ्य परीक्षणगर्न स्थानीयलाई उत्प्रेरित गर्नेछन् । साथै क्वारेन्टाइको व्यवस्थापनमासमेत यो समूहले सघाउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । त्यस्तैयही समूहले अब स्थानीय तहमा संक्रमित भेटिएको खण्डमाअस्पतालसम्म पुर्याउने छ । साथै बिरामीको मृत्यु भएको खण्डमा पनि शवको व्यवस्थापनसम्मको समन्वयगर्ने काम यही समूहले गर्ने प्रदेश सरकारले जनाएको छ । स्थानीय तहमा कोरोनासँग जुध्न अभियानलाई थप प्रभावकारी बनाउन यस्तो समूह गठन गर्ने निर्णय गरिएको हो ।

त्यस्तै विपद् व्यस्थापन केन्द्रको बैठकले कामको सिलसिलामा कर्णाली प्रदेशमा अस्थायी वसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा परेका र आफनो घर फर्कन चाहने विद्यार्थी, मजदुर र नागरिकलाई सम्वन्धित प्रदेश, जिल्ला र गाउँसम्म सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा घर फर्कन दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी नेपालको पूर्वी तराई र भारतबाट कर्णाली प्रदेशमा आउने नागरिकले पहिले क्वारेन्टाइनमा बसेको प्रमाणपत्र सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने छ । अन्य जिल्लाका क्वारेन्टाइनमा बसी सुरक्षित तवरले प्रदेशभित्र प्रवेश गरेका नागरिकको हकमा क्वारेन्टाइनमा बसेको प्रमाणका आधारका मात्रै प्रदेश सरकारले जिल्ला र पालिकाहरूमा समन्वय गरी पठाउने निर्णय गरिएको छ ।

यदी पहिले क्वारेन्टाइनमा बसेको भएपनि प्रमाणपत्र नभएको खण्डमा भने पुनः क्वारेन्टाइनमा बस्नुपर्नेछ । प्रमाणपत्र नभएको खण्डमा भने त्यस्ता नागरिकहरूलाई सम्बन्धित जिल्ला र पालिकाहरूले अनिवार्य रूपमा क्वारेन्टाईनमा बस्नुपर्ने समितिले निर्णय गरेको छ । 

बैठकमा मुख्यमन्त्री शाहीले कोरोना परीक्षणलाई तीव्र वनाउन पनि निर्देशन दिए । लकडाउनयता विभिन्न ठाउँबाट गाउँफर्किएका हरेक नागरिकको कोरोना परीक्षणलाई तीव्रता दिन सम्बन्धित निकायलाई उनले निर्देशन दिएका हुन् । साथै उनले कोरोना परीक्षणका लागि आवश्यक पर्ने र्यापिड टेस्टका लागि कीटलगायतका सामग्रीको तत्काल आपूर्ति गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए। 

प्रतिक्रिया