मृत्युसंग लड्दै वोनम्यारो पीडित, परिवारद्धारा सहयोगको याचना

मृत्युसंग लड्दै वोनम्यारो पीडित, परिवारद्धारा सहयोगको याचना

दैलेख वैशाख १६ गते । –नौमूले गाउँपालिका–५ सालकोटकी एक महिला यतिवेला वोनम्यारोको समस्यावाट पिडित भएकी छिन् । उनी अहिले मर्नु न वाच्नुको दोसाँदमा जिल्ला अस्पतालको वेडमा उक्त समस्यासँग जुधिरहेकी छिन् । वोनम्यारो समस्यावाट ग्रसित ३२ वर्षिय पवित्रा रेगामी मगर विगत ४ महिनादेखि उपचारको क्रममा रहेको उनका पति दलवहादुर रेगामीले वताए । आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक स्वास्थ्य उपचार गर्न नपाएपछि जिल्ला अस्पतालदेखि अन्यत्र जान नसकेको उनले दुखेसो सुनाए ।
एक्कासी शरीरको रगत सकिदै गएपछि थलिएकी श्रीमती लिएर उनी दुई महिनाअघि कोहलपुर शिक्षण अस्पतालमा जादाँ डाक्टरले काठमाडौं लैजाने सल्लाह दिएपनि आर्थिक अभावका कारण घर फिर्ता हुन वाध्य भएका छन् । दुई पटक जिल्ला अस्पतालमा आएर शरीरमा रगत हालिएको भएपनि समस्या जटिल भएका कारण उपचार गर्न नसकिने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

जिल्ला अस्पतालका ल्याव असिष्टेन्ट ढकवहादुर भण्डारीले काठमाडौं सिभिल अस्पतालमा लगेर समस्या पहिचान गरी उपचार गर्न जरुरी रहेको सल्लाह दिएका छन् । जिल्ला र नेपालगंजमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौ रिफर गरिएको भएपनि गरीवीका कारण पिडित पवित्रा अहिले वेहाल वनेकी छिन् ।
उनको स्वास्थ्य जाँच र उपचारका लागि नौमुले गाउँपालिकाले केहि आर्थिक सहयोग गर्न चाहेको भएपनि लकडाउनका कारण समस्या देखिएको गाउँपालिका अध्यक्ष भदे वुढा मगरले जानकारी दिएका छन् । अहिले पिडित परिवारले सवैको सहयोग याचना गरिरहेका छन् । नावालक दुई छोराछोरीलाई गाउँमै आफन्तको जिम्मा लगाएर उपचारका लागि भौतारिहेका पिडितका पति दलवहादुरले सबैको सहयोग भए श्रीमतीलाई निको हुने आशा राखेका छन् ।

प्रतिक्रिया