गाउँपालिका र नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

गाउँपालिका र नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखाका सामुदायिक स्वास्थ्य निरिक्षक टिका वलीालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्मा ।

दैलेख वैशाख १७ गते
कालिकोटको दुई वटा स्थानीय तहका लागि स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाईएको छ । जिल्लाको पलाता गाउँपालिका र खाँडाचक्र नगरपालिकालाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो । दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले स्वास्थ्य सामग्री प्रदान गरेको हो । एईआएन लक्जेम्बर्गको आर्थीक सहयोगमा सोसेक दैलेखद्धारा उक्त सामग्रीहरु प्रदान गरिएको हो ।
सोसेकका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाका अनुसार खाँडाचक्र नगरपालिकालाई दुई सेट पीपीई प्रदान गरिएको छ । यसैगरी एक हजार वटा सर्जिकल मास्क, ६० बोतल ह्यान्ड सेनीटाइजर र एक सय पीस ग्लोब्स प्रदान गरिएको छ ।
त्यसैगरी पलाता गाउँपालिकालाई दुई सेट पीपीई प्रदान गरिएको छ । यसैगरी ६ हजार वटा सर्जिकल मास्क, १ सय ५० बोतल ह्यान्ड सेनीटाइजर र एक सय पीस ग्लोब्स प्रदान गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए ।
मंगलवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक निर्देशक दुर्गा गिरीले पलाता गाउँपालिकालाई र बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माले खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखाका सामुदायिक स्वास्थ्य निरिक्षक टिका वलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया