एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न तथा पोषण सहयोग

एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न तथा पोषण सहयोग

दैलेख वैशाख १७ गते ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) को व्यवस्थापनमा दैलेख प्लसद्धारा दैलेखको आठबीस नगरपालिकाका १२ बर्ष मुनीका एचआइभी संक्रमित बालबालिकाहरुलाई खाद्यान्न तथा पोषण सहयोग सामग्री वितरण गरिएको छ ।
यहाँका ६ जना बालबालिका र ३ जना एकल महिलाहरुलाई प्रतिव्यक्ति दश केजी चामल, एक केजी गेडागुडी, एक केजी गहुँको पिठो, एक केजी चिनी, एक केजी दाल, एक लिटर तेल, दश वटा अन्डा र एक केजी फलफुल वितरण गरिएको छ ।
दैलेख प्लस सामुदायिक हेरचाह केन्द्रका बित्त तथा परियोजना अधिकृत जनक बहादुर शाहीका अनुसार अब छिट्टै १३ देखि १८ बर्षसम्मका ८ जना एचआइभी संक्रमित बच्चाहरुलाई पनि पोषण, जिवनजल र किशोरिहरुको लागि सेनेटरी प्याड सहयोग गरिनेछ ।

प्रतिक्रिया