कर्णाली प्रदेशमा ५ हजार २६९ काे कोरोना नमूना परीक्षण

कर्णाली प्रदेशमा ५ हजार २६९ काे कोरोना नमूना परीक्षण

काठमाडौं वैशाख १७ गते : नेपालमा हालसम्म ५७ हजार १८९ कोरोना नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआरबाट ११ हजार ५२४ र आरडीटी प्रविधिबाट ४५ हजार ६६५ नमूना परीक्षण भएका हुन्। सातवटै प्रदेशबाट आरडीटी प्रविधिबाट कोरोना परीक्षण भइरहेको छ। बुधबारसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण भएको छ।त्यहाँ १२ हजार ९८६ वटा नमूना परीक्षण भइसकेका छन्।

सबैभन्दा कम परीक्षण प्रदेश ५ मा भएको छ। प्रदेश ५ मा ३ हजार ६७१ वटा नमूना परीक्षण भएका छन्। प्रदेश १ मा ४ हजार ८८१, प्रदेशमा २ मा ५ हजार २९८, बागमतीमा ८ हजार २१७, गण्डकी ५ हजार ३४३ ,प्रदेश ५ मा ३ हजार ६७१, कर्णाली प्रदेश ५ हजार २६९ र सुदूरपश्चिम प्रदेश १२ हजार ९८६ गरी कुल ४५ हजार ६६५ वटा आरडीटी परीक्षण भएका छन्। गत २४ घन्टामा २ हजार ३६६ वटा नमूना परीक्षण भएका छन्। आइसोलेसनमा ८७ छन्।जसमध्ये काठमाडौंमा ४ र काठमाडौं उपत्यका बाहिर ८३ जना छन्।

यस्तै रेडजोनमा नयाँ एकजनासहित ३१० जना रहेका छन्। उनीहरुको परीक्षण र स्वास्थ्यस्थितिबारे ट्रेसिङ भइरहेको छ। यस्तै देशभर क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार ९०१  पुगेको छ। प्रदेश १ मा २ हजार ४७८, प्रदेश २ मा १ हजार ४०४, बागमतीमा ६११, गण्डकीमा ६९४, प्रदेश ५ मा १२ हजार ५१५, कर्णाली प्रदेशमा ३ हजार ९६३ र सुदूरपश्चिम प्रदेश १ हजार २३६ रहेका छन्।

यस्तै संक्रमितको संख्या ५७ पुगेको छ। बुधबार थप तीनजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पर्साका ४६ वर्षीय र बाराका ३१ र ४३ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।तीनैजना यसअघि वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत रहेका कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएर आएको बुझिएको छ। यसअघि सिमरास्थित क्वारेन्टाइनमा रहेका उनीहरुको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया