च्याउ खेतीबाट आम्दानी गर्दै भैरवीका किसान

च्याउ खेतीबाट आम्दानी गर्दै भैरवीका किसान

ज्वाला सन्देश संवाददाता
दैलेख वैशाख १८ गते ।

दैलेखको भैरबी गाउँपालिकाकी बिस्ना खनालले च्याउ खेतीबाट गरिरहेकी छिन् । खेतीबाट उनले आम्दानी गरिरहेकी छिन् । पञ्चकोशी आमा समुहमा आबद्ध रहेकी खनालले गाउँघरमै च्याउ बिक्री गरेर महिनामा पाँच हजार रुपैयाँ आम्दानी गरेको बताइन् । अरुले च्याउ बेच्दै हिँड्ने गरेको देखेकी खनालले आफँैले च्याउ खेती सुरु गरेपछि आम्दानी गर्न थालेकी हुन् ।
उनि जस्तै यहाँको भगवती युवा क्लबमा आबद्ध गजेन्द्र रिजाललाई अहिले च्याउ खेतीमा भ्याई नभ्याई छ । उनले पहिलो पटक च्याउ बिक्री गरेर महिना दिनमै झण्डै नौ हजार रुपैयाँ आम्दानी गरेको बताए । उनि अहिले दैनिक जसो च्याउ खेतीको रेखदेख र बिक्रीमा लागिपरेका छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि रिजालले आफैँ खेती गर्न थालेको बताउँछन् ।

बिस्ना र गजेन्द्र जस्ता भैरवी गाउँपालिकाका १५ जना किसानहरुले च्याउ खेती गर्दै आएका छन् । उनिहरु अचेल च्याउ खेतीमा सक्रिय छन् । यहाँका आमा समुह, युवा क्लबमा आबद्ध भएका युवा तथा महिला किसानहरु च्याउ खेतीमा लागिपरेका हुन् । च्याउ खेतीका लागि एईआइएन लक्जेम्बर्ग रसामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित महिला, युवा तथा बाल अधिकार प्रर्वद्धन कार्यक्रम (आधार) परियोजनाले सहयोग गरेको छ ।
परियोजनाका कृषि प्राविधिक सम्झना थापाका अनुसार परियोजनाले च्याउको बीउ, पलास्टिक र खेतीका लागि प्राविधिक सहयोग दिईएको छ । १५ जना किसानलाई च्याउको बीउ वितरण गरिएको थापाले बताइन् । ‘किसानहरुको घरमै पुगेर च्याउ खेती गर्न सिकाएका छौ,’ थापाले भनिन् ‘उहाँहरु च्याउ खेतीमा उत्साहित हुनुभएको छ ।’ प्रोटिन तथा मासुमा पाइने पौष्टिक तत्व च्याउमा पाइने भएकाले पनि पछिल्लो समय उपभोक्ता माझ च्याउ लोकप्रिय छ ।

प्रतिक्रिया