अछाममा आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु

अछाममा आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु

अछाम वैशाख १८ : जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएका एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका घर भएका ५१ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए । 

उनलाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनको कोरोना भाइरसको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ छ ।  पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाइएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए।

प्रतिक्रिया