आइसोलेसनमा मृत्यु भएकी अछामकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख १९, २०७७     ::: 127 पटक पढिएको   |  

अछाम वैशाख १९ गते  : जिल्ला अस्पताल अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा ५ घर भएका ५१ वर्षीय महिलाको बिहीबार अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।कोरोना भाइरस आशंकामा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत पीसीआर परीक्षणका लागि स्वाब सुर्खेत पठाइएको थियो ।

रिपोर्टमा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुगानाले बताए । कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको आशंकामा बैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।



Leave a comment

Your email address will not be published.


*