ग्यास लिक हुँदा घरमा आगालागी

ग्यास लिक हुँदा घरमा आगालागी

डोल्पा : डोल्पामा ग्यास लिक भएर आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेको छ । जगदुल्ला गाँउपालिका ६ को झयाँकोटमा ग्यास लिक भएर दिउँसो ३ बजे आगालगी भएको हो ।  जगदुल्ला गाँउपालिका-६ का मनलाल ऐडिको घरमा प्रयोगमा राखिएको ग्यास लिक भइ आगलागी भएको र निभाउने क्रममा ग्यासको सिलिण्डर पड्केर पूरै घर जलेर खरानी भएको खगेन्द्र ऐडिले जानकारी दिए । 

‘तिनतलाको घर पूर्णरुपमा जलेर खरानी भएको छ । घरमा भएको अन्न, खाद्यान्न, लत्ताकपडा र अन्य धनमाल पूरै नष्ट भएका छन् भने मानवीय क्षति भने हुन पाएन’,  गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए । आगलागी भएको थाहा पाउनेबित्तिकै स्थानीय, प्रहरी, जनप्रतिनिधिहरुले आगो नियन्त्रणमा लिएको प्रशासकीय अधिकृत केशबराज जैसिले बताइ । घर जले पनि गाँउमा आगो फैलनाबाट जोगिएको उनले जानकारी दिए । 

करिव ३० लाखभन्दा धेरैको क्षति  भएको उनले बताए । अहिले गाँउपालिकाले पाल दिएर पीडितलाई सहयोग गरेको उनको भनाइ छ । पीडीत परिवारलाई तत्तकाल बस्नको लागि ब्यवस्था गरिदिने बताउँदै अरु नागरिकलाई पनि सुरक्षित रहन गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले आग्रह गरेका छन् ।  

प्रतिक्रिया