समाजसेवी विकद्धारा स्वास्थ्य सामग्री प्रदान

समाजसेवी विकद्धारा स्वास्थ्य सामग्री प्रदान

स्वास्थ्य सामग्री प्रदान गर्दै व्यवसायी विक ।

दैलेख वैशाख २५ गते । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम नागरिकहरुलाई कोरोनाको महामारीबाट जोगिन स्वास्थ्य सामग्री प्रदान गरिएको छ । दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका भैरहवा सुनचाँदी पसलका सञ्चालक कुल बहादुर विकले ५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । उनले सेनीटाइजर, ग्लोब्स, मास्क, हात धुने साबुन लगाएतका सामग्रीहरु वितरण गरेका छन् ।
उनले समुदाय तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसबाट जोगिनका लाग स्वास्थ्य सामग्री किनेर वितरण गरेको विकले बताए । यो महामारीको समयमा आफुले सानो सहयोग गरेको उनको भनाई छ । उनले दैलेख स्थित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कारागार कार्यालय, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्लाका पत्रकार र दैलेख बजारका विभिन्न टोेलहरुमा स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
‘महामारीको समयमा जसले जे सक्छ त्यहि सहयोग गर्ने हो, कोरोनाको जोखिममा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुले आफ्नो जीउज्यान जोखिममा राखेर काम गरिरहनुभएको छ’ उहाँहरुलाई प्रोत्साहित गर्न व्यक्तिगत रुपमा सानो भएपनि सहयोग गरेको हुँ,’ उनले भने ।

प्रतिक्रिया