नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं वैशाख २६ गते । शुक्रबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ। नेपालगन्जको भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा एक जना १६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ।शुक्रबार एकैदिन कोरोना जितेर प्रदेश १ बाट ८ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डिस्चार्ज हुनेमा १ महिलासहित ८ जना पुरुष हुन्।नेपालमा हालसम्म निको हुनेको संख्या ३० पुगेको छ। प्रवक्ता देवकोटाका अनुसार आरडीटीबाट १५ हजार ४९२ र पीसीआर प्रविधिबाट १५ हजार ४९२ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा १ हजार ८५९ नयाँ नमूना परीक्षण भएका छन्।

प्रतिक्रिया