दैलेखमा ९०४ जनाको कोरोना परीक्षण

दैलेखमा ९०४ जनाको कोरोना परीक्षण

फाइल फाेटाे


दैलेख वैशाख २६ गते । दैलेखमा कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ४ जनामा नमुना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन दुवै विधिबाट नमुना परीक्षण गरिएको हो ।
जिल्लाका ११ वटै स्थानीय तहमा गरी ९ सय ४ जनाको परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ७३० पुरुष र ७४ महिला गरी ८ सय ४ जनाको नमुना परीक्षण गरिएको हो । जसमा ८ सय ४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
पीसीआरबाट ११ महिला र ८९ पुरुष गरी एक सय जनाको नमुना परीक्षणका लागि ल्याबमा पठाइएको थियो । तीमध्ये ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुल्लु नगरपालिकाका दुई जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रवारसम्म जिल्लाभर २० जना मात्रै क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया