आगलागीबाट पाँच लाख बराबरको क्षति

आगलागीबाट पाँच लाख बराबरको क्षति

दैलेख वैशाख १९ गते । जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–१ सात्तला सालघारीमा आइतवार राती एक घरमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षती भएको छ । स्थानीय नरी कामी, रामसिंह विकको घरमा आगलागी भएको हो । उनिहरु दुई दाजुभाई हुन् । दुुई तले घरमा दुई दाजुभाई बसोबास गर्दैै आएका थिए ।


आगलागीबाट भुईतला र माथिल्लो तलाको लत्ताकपडा, अन्न तथा अन्य जिन्सी सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए । ढुंगा, माटो र काठले बनेको तथा खरले छाएको घरमा क्षती भएको छ । मानवीय क्षति हुन भने नपाएको वडाध्यक्ष विश्वकर्माले बताए । घरमा बालबालिकाहरु मात्रै भएको समयमा भान्साबाट आगो फैलिएको बताईएको छ ।


आगलागी पीडित दुवै घरपरिवारलाई वडा कार्यालयबाट चालम, दाल, नुन, तेल सहयोग गरिएको वडाध्यक्ष विश्वकर्माले बताए । पीफर्म र पाल समेत उपलब्ध गराईएको उनले बताए । नगरपालिकासँग आग्रह गरेर आवश्यक लत्ता कपडाहरु उपलब्ध गराइने उनले जनाए ।

प्रतिक्रिया