लिपुलेक हाम्रो हो, भारत त्यहाँबाट तुरुन्त फिर्ता हुनुपर्छ : नेविसंघ

लिपुलेक हाम्रो हो, भारत त्यहाँबाट तुरुन्त फिर्ता हुनुपर्छ : नेविसंघ

ज्वाला सन्देश संवाददाता
दैलेख वैशाख ३० गते ।
भारतले गरेको सिमा अतिक्रमणका बिरुद्ध नेपाल विद्यार्थी संघ दैलेखले ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले नेपालको सिमा भित्र भारतले सडक निर्माण गरेर उद्घाटन गरेको विषयलाई लिएर सरकारको जवाफ माग गरेको छ । ज्ञापन पत्रमा ‘लिपुलेक हाम्रो हो, भारत तुरुन्त त्यहाँबाट फिर्ता हुनुपर्ने’ उल्लेख गरिएको छ । सरकारले उच्च स्तरिय कुटनीतिक पहल गर्ने तथा सवै खाले दबाब सृजना गरी तुरुन्त भारतलाई गल्ती सच्याउन बाध्य बनाउनुपर्ने नेविसंघको माग छ । यो आन्दोलनको शान्तिपुर्ण चरण रहेको र यस बिषयलाई सरकारले गम्भीर रुपमा नलिए आन्दोलन चर्काउने नेविसंघका नेता सुशील देउजाले बताए ।
यस्तो छ ज्ञापन पत्र

प्रतिक्रिया