थप २६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २१७ पुग्यो

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख ३०, २०७७     ::: 147 पटक पढिएको   |  

एकै दिन ८३ जनामा कोरोना पोजिटिभ

काठमाडौं वैशाख ३० गते । मंगलबार थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी एकै दिन कोरोना पुष्टि हुनेको संख्या ८३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो । अहिलेसम्म उपचारपछि ३३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामध्ये तीनको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । 

अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन्। १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।



Leave a comment

Your email address will not be published.


*