लकडाउनमा जुवा खेल्ने पक्राउ

लकडाउनमा जुवा खेल्ने पक्राउ

दैलेख जेठ २ गते । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर घोषणा गरिएको लकडाउनकै समयमा जुवा खेल्ने ४ जना पक्राउ परेका छन् । दैलेख गुराँस गाउँपालिकाको तल्लो डुङ्गेश्वर बजारमा रहेको एक होटलमा जुवा खेलिरहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री र प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट जुवा खेल्नमा प्रयोग गरिएको १९ हजार ७ सय ८५ रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक जना शिक्षक र तीन जना व्यापारीहरु हुन् । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले जनाए ।

प्रतिक्रिया