दैलेखमा प्रर्दशन : नेविसंघका १६ जना विद्यार्थी नेता प्रहरी नियन्त्रणमा

दैलेखमा प्रर्दशन : नेविसंघका १६ जना विद्यार्थी नेता प्रहरी नियन्त्रणमा

दैलेख जेठ २ गते । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको बिरोध गर्दै नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले दैलेखमा राँके जुलुस प्रर्दशन गरेको छ । शुक्रवार साँझ दैलेखको लोकतान्त्रीक चोकबाट डेकेन्द्रचोकसम्म कालो पट्टी बाँधेर जुलुक निकालेको हो ।
प्रर्दशनकै क्रममा नेविसंघमा आबद्ध १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका केन्द्रित सदस्य लोकेश आचार्य, नेताहरु शुशिल देउजा, मौषम थापा लगाएतका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेख अगाडी रहेको देवकोटा चोकमा प्रर्दशन गरीरहेको उनिहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले बताए । जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, चिनिया हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए ।विद्यार्थीले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी, लिम्पियाधुरा र पाँचथरको फालेलुङको सिमाक्षेत्रमा भारतले कब्जा गरेको जमिन नेपालको हो भन्दै नारा नगाएका थिए।

प्रतिक्रिया