बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवक कोरोना संक्रमित पुष्टि,नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवक कोरोना संक्रमित पुष्टि,नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडाैँ जेठ ४ गते । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। याे सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो ।

उनी केही दिनअघि भारतबाट आएको खुलेको छ । शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ । ३६ जना भने निको भएका छन् । 

प्रतिक्रिया