रेडियो कार्यक्रम ‘साझेदारी’ सञ्चालनमा

रेडियो कार्यक्रम ‘साझेदारी’ सञ्चालनमा

ज्वाला सन्देश संवाददाता
दैलेख जेठ ७ गते ।

दैलेख र कालिकोटका दुई वटा रेडियोहरुबाट रेडियो कार्यक्रम ‘साझेदारी’ सञ्चालनमा ल्याईएको छ । डिसिए नेपालको आर्थीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख तथा रेडियो ध्रवतारा दैलेख र रेडियो मालिका कालिकोटको समन्वयमा कार्यक्रम सञ्चालनमा ल्याईएको हो । कार्यक्रम हप्तामा तीन दिन आइतवार, मंगलवार र बिहिवार प्रशारण हुनेछ ।
कोरोना भाइरस (कोभिड–१९)बाट बच्ने उपाएहरुबारे कार्यक्रम मार्फत जनचेतनामुलक सन्देश प्रचार–प्रसार गर्न कार्यक्रम सञ्चालनमा ल्याईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । उप–कार्यकारी निर्देशक श्रेष्ठका अनुसार स्थानीय तहबाट कोभिड–१९ प्रतिकार्यका लागि सञ्चालन भएका क्रियाकलापहरुबारे रेडियो कार्यक्रम मार्फत आम नागरिकहरुलाई जानकारी गराईनेछ ।
दुई महिनासम्म सञ्चालन हुने कार्यक्रमका कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न र बचाउनका लागि सरकारी, गैह्रसरकारी तथा नीजि क्षेत्रबाट गर्नुपर्ने पहलबारे जानकारी गराइनेछ । कार्यक्रममा विभिन्न विषयमा संवाद परिसंवाद गरिने उपकार्यकारी निर्देशक श्रेष्ठ बताए ।

प्रतिक्रिया