नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो,तीन जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो,तीन जनाको मृत्यु

काठमाडौं जेठ ८ गते ।  नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।  

बिहीबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित पुष्टि भएको थियो ।उनीहरुसमेत  झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र  ४६ वर्षीय १५ जना पुरुष हुन् । त्यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उप-महानगरपालिका निवासी ५१ वर्षीया महिला थिए ।उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ।  योसँगै  झापामात्र बिहीबार २४ जनामा काेराेना पाेजिटिभ पुष्टि भएको छ । बिहीबार कुल २७ जनाका काेराेना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

बिहीबार गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो। जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो । प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोककी एक महिलाकोसमेत मृत्यु भइसकेको छ ।अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् भने संक्रमितको संख्या ४५३ पुगेको छ ।बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् । 

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र  आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ । 

प्रतिक्रिया