कर्णालीका पहिलो संक्रमितलाई सुर्खेत पठाईयो

कर्णालीका पहिलो संक्रमितलाई सुर्खेत पठाईयो

पहिलो संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गरिँदै ।

हिक्मतबहादुर नेपाली
दैलेख जेठ १० गते ।
दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका कोरोना संक्रमित युवालाई सुर्खेत पठाईएको छ । उनि कर्णालीका पहिलो संक्रमित हुन् । ती व्यक्तिमा जेठ ६ गते सोमवार संक्रमण पुष्टि भएको थियो । उनलाई दैलेख सदरमुकाम स्थित सरस्वती मावीमा राखिएको थियो । कोरोना पुष्टि भएको चार दिनपछि सुर्खेत लगिएको हो । उपचारमा लापरबाही भएको भन्ने जनदवाबपछि थप उपचारका लागि सुर्खेत लगिएको हो । उनलाई कर्णाली प्रदेश सरकारले तोकेको कालागाउँ स्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखेर उपचार थालिएको छ ।

यसैबिच कोरोना संक्रमित युवासँगै क्वारेन्टाइनमा बसेका ३८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । लक्ष्मी मावीमा बनाईएको क्वारेन्टाइनमा बसेका ३८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए । संक्रमितको सम्पर्कमा रहेका अन्य २२ जनाको समेत स्वाब संकलन गरिएको बताईएको छ ।
भारतबाट फर्किएका ६ जनामा आरडीटी पोजेटिभ
दैलेखमा भारतबाट फर्किका फर्किएका ६ जनामा आरडीटी विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको छ । आरडीटी विधिबाट परीक्षण डुङ्गेश्वर गाउँपालिकाका ३ जना र नारायण नगरपालिकाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार ६ जनाकै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाईएको छ ।

प्रतिक्रिया