कर्णालीमा थप ३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४ पुग्यो

कर्णालीमा थप ३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४ पुग्यो

सुर्खेत जेठ १० गते । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलका अनुसार शनिवार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका तीन जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो ।
शनिवार संक्रमित हुनेहरुमा सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना रहेको सामाजिक विकास मन्त्री रावलले जानकारी दिए । उनका अनुसार तीनै जनाको कोरोना विशेष अस्पताल कालागाउँमा राखिएको छ भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टी भएका तीनै जना जेठ ८ गते भारतबाट फर्किएका थिए ।
बबईमा गरिएको आरडीटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा राखिएको थियो । सुर्खेतमा गरिएको पीसीआर परीक्षण शंकास्पद आएपछि पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्ज गरिएको पीसीआर परीक्षण समेत पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यसअघि दैलेखको आठविस नगरपालिका–१ का ३५ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि कोरोना विशेष अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया