महिनावारी मर्यादित बनाउन जोड

महिनावारी मर्यादित बनाउन जोड

दैलेख जेठ १४ गते ।
सरकारले छाउपडी प्रथा जस्तो सामाजिक कुरीतिको अन्त्य गर्न मर्यादित महिनावारीको अवधारणा अघि सारेको छ । सरकारले अघि सारेको मर्यादित महिनावारीको अवधारणालाई व्यवहारमा कार्यान्वयनमा जोड दिईएको छ । महिनावारी स्वच्छता दिवसको अबसरमा दैलेखको भैरबी गाउँपालिका–५ मा रहेको सिर्जनसिल आमा समुहका सदस्यहरुसँग गरिएको छलफलमा यस्तो जोड दिईएको हो । आमा समुहका सदस्यहरुले महिनावारी मर्यादित बनाउनका लागि जोड दिएका हुन् ।
एईआइएन लक्जेम्बर्ग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित महिला, युवा तथा बाल अधिकार प्रर्वद्धन कार्यक्रम (आधार) परियोजनाको सहजिकरणमा आयोजित उक्त कार्यक्रममा मर्यादित महिनावारीबारे छलफल गरिएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् । सोहि अबसरमा महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाईबारे जानकारी गराएको नेपालीले जानकारी दिईन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण सामाजिक दुरी कायम गरेर छलफल गरिएको उनले बताइन् । उनका अनुसार कोरोना भाइरस (कोभिड–१९) बाट बच्न साबुन पानीले हात धुने तरिकाहरु सिकाउनुका साथै हात धुन सिकाईएको छ । यसैबिच भैरबी गाउँपालिका–२ मा समेत मर्यादित महिनावारीबारे छलफल गरिएको बताईएको छ ।

प्रतिक्रिया