एक हजार घरधुरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग

एक हजार घरधुरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग

दैलेख जेठ १४ गते ।
जिल्लाको दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिकाका एक हजार घरधुरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको हो । हेल्भेटास नेपालको सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले सामग्री सहयोग गरेको हो ।
दुल्लु नगरपालिकाका विभिन्न ८ वटा वडाका ७ सय र डुङ्गेश्वर गाउँपालिकाका ३ सय घरधुरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको सोसेक नेपालका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाकाले बताए । सापकोटाका अनुसार प्रति घरधुरी एउटा ड्रम, चार वटा मास्क, चार वटा हातधुने साबुन वितरण गरिएको छ । त्यसैगरी दुुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई पीपीई सेट, सेनीटाइजर, एन नाइन्टी फाइभ मास्क, सर्जिकल मास्क सहयोग गरिएको सापकोटाले बताए ।


गाउँपालिका र नगरपालिकामा सञ्चालित खानेपानी तथा सरसफाई योजनाका उपभोक्ताहरुलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न सामग्री वितरण गरिएको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका महेन्द्र अधिकारीले बताए । ‘वडाका जनप्रतिनीधि सहितको उपस्थितीमा स्वास्थ्य तथा सरसफाईका सामग्री प्रदान गरिरहेका छौ,’ अधिकारीले भने । समुदायमा आवश्यकता भएको स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरिएको भन्दै यसले समुदायमा सहयोग पुग्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठ बताए । उनले सामग्रीको प्रयोग र सदुपयोग हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया