दैलेखमा थप १७ र कालीकोटमा एक जनामा कोरोना संक्रमण

दैलेखमा थप १७ र कालीकोटमा एक जनामा कोरोना संक्रमण

कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो

दैलेख जेठ १८ गते । कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितमा दैलेखका १७ जना र कालीकोटका १ जना रहेका मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संक्रमितमध्ये दैलेखका एकजनाको शनिबार मृत्यु भएको छ ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार अब संक्रमितको संख्या दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जना पुगेको छ । संक्रमित पुष्टि भएका बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत रहेका उनले बताए ।

प्रतिक्रिया