सोसेक दैलेखले दुल्लु नगरपालिकालाई दियो स्वास्थ्य सामग्री

सोसेक दैलेखले दुल्लु नगरपालिकालाई दियो स्वास्थ्य सामग्री

दैलेख जेठ २० गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दुल्लु नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका पूर्वअध्यक्ष सिताकुमारी रानाले नगरप्रमुख घनश्याम भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट दैलेख आउनुभएका डा. दिनेश शाही, डा. रोज्निम प्रधानलाई संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । डेनमार्कको गैह्रसरकारी संस्था डीसीए नेपालको आर्थिक सहयोगमा सोसेक नेपालले सामग्री हस्तान्तरण गरेको हो ।
सोसेक दैलेखले १ सय थान सर्जिकल मास्क, २ सय थान सर्जिकल ग्लोब्स, ३ थान इन्फ्रा रेड थर्मामिटर, पूरा सामाग्री सहितको पीपीई ५ सेट हस्तान्तरण गरेको छ । त्यस्तै ९० थान पलास्टिक झोला, ६० थान के एन ९५ मास्क, हेण्ड सेनीटाइजर सहित ८० हजार बराबरको स्पास्थ्य सामग्री सहयोग गरिएको सोसेक नेपालका पूर्वअध्यक्ष सिताकुमारी रानाले बताउनुभयो । कोरोना भाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु क्वारेन्टाइन तथा स्वास्थ्य संस्थामा उपलब्ध गराईने नगरपालिकाले जनाएको छ ।


त्यसैगरि क्वारेन्टाइन व्यवस्थापनका लागि सामग्री समेत प्रदान गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार सिरक, डसना, कम्बल, पिफर्म, पलास्टिक, सिरानी तन्ना र सुतीको कपडा हस्तान्तरण गरिएको छ ।
यस्तै लकडाउनका कारण खाद्यान्न समस्या झेलिरहेका घरधुरीलाई वितरण गर्ने गरि नगरपालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ३० क्वीन्टल चामल, २ सय केजी नुन, २ सय केजी चिनी, ५० केजी चिया, ५ सय थान नर्मल मास्क, १०० थाम थर्मोमिटर, २ सय केजी दाल, २ सय लिटर तेल, सेनीटाइजर, कपडा धुने साबुन, हात धुने साबुन, २ सय वटा सेनेटरी प्याड, ५ सय थान दाँत माझ्ने ब्रस, २ सय थान कोलगेट हस्तान्तरण गरिएको सोसेक नेपाल दैलेखले जनाएको छ । उक्त एक सय सामग्री विपन्न घरधुरीलाई वितरण गरिने बताईएको छ ।

प्रतिक्रिया