कर्णाली प्रदेशमा थपिए २९ जना कोरोना संक्रमित,संक्रमितको संख्या २६२ पुग्यो

कर्णाली प्रदेशमा थपिए २९ जना कोरोना संक्रमित,संक्रमितको संख्या २६२ पुग्यो

सुर्खेत जेठ २० गते । : कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यानका ९ जना र अछामका ९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।वीरेन्द्रनगर नगरपालिका-१ का ८ जना, वडानम्बर ३ का ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। उनीहरु १४ वर्षदेखि ५० वर्ष उमेर समूहका छन्।

यस्तै सल्यानको दार्मा गाउँपालिका-१ का दुई पुरुष, वडानम्बर २ का दुई पुरुष, वडानम्बर ३ का दुई पुरुष, वडानम्बर ४ का ४ जना पुरुष रहेका छन् ।उनीहरुको उमेर ३५ देखि ५० वर्ष उमेर समूहका छन्।यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया