भेरीमा बगेर गोठालो गएका ३ बालिकाको मृत्यु

भेरीमा बगेर गोठालो गएका ३ बालिकाको मृत्यु

रुकुम पश्चिम जेठ २० गते ।
भेरी नदीमा बगेर ३ बालिकाको मृत्यु भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका–९, मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०र११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायतको भेरी नदीमा बग्दा मृत्यु भएको डोल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले भेरी नदीले बगाउँदा ३ बालिकाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मोतीपुरस्थित भेरी नदी किनारमा गोठालो गएका उनीहरु नदीपारि गाई फर्काउन जाँदा नदीमा पसेको अनुमान छ । यशोधा र विजयालाई भेरी नदीमा बग्दै गरेको अवस्थामा उद्दार गरी जिल्ला अस्पताल पुर्याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । गंगा भने बगेको स्थानबाट ५ किलोमिटर तल मृत फेला परेको डिएसपी रञ्जितकारले बताए ।

गस्तीमा रहेको प्रहरीले भेरीले मानिस बगाइरहेको देखेपछि उद्दारमा लागेको थियो । विमानस्थल सुरक्षागार्ड जुफालबाट ठूलीभेरी नगरपालिका–९, भित्तिमा खटिएको प्रहरीको टोलीले बालिका बग्दै गरेको अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी कालागौंडा र प्रहरी चौकी त्रिपुराकोटको टोली उद्दारमा खटिएको थियो । कान्तिपुर

प्रतिक्रिया