कर्णालीमा चार महिने शिशुसहित १६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २७८

कर्णालीमा चार महिने शिशुसहित १६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २७८

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २१ गते ।
 कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमितको संख्या २ सय ७८ पुगेको जानकारी दिए । 

कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको डा. तिवारीले बताए । संक्रमित हुनेमा कालिकोटका चार महिने शिशुसहित ७ जना, सल्यानका दुई जना, दैलेखका ७ जना रहेका छन् । 

कालिकोटको महाबै गाउँपालिका–२ का २२ वर्षीय पुरुष, वडा नम्बर ४ का ४ महिने शिशु र २८ वर्षीय, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाँता गाउँपालिका ७ का  ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिका २ का २० वर्षीय महिलामा कोरोना पुष्टि भएको  हो । 

यस्तै सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । त्यसैगरि दैलेखको नारायण नगरपालिका २ का २०, २४, २५, २५, ३०  वर्षीय पुरुष, दुल्लु नगरपालिका २ का १७ वर्षीय पुरुष र नौमूले गाउँपालिका ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

जसमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाकै कारण दैलेखमा एक जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया