एकै दिन २०१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २३ सय पुग्यो,कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुग्यो

एकै दिन २०१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २३ सय पुग्यो,कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं जेठ २१ गते । बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार २०१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ। मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। 

बुधबार पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय २४ र आरडीटी विधिबाट चार हजार ३४  जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका अनुसार अहिले एक लाख ५५ हजार आठ सय ८० क्वारेन्टाइनमा छन्।  डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ। डिस्चार्ज हुने पुरुष २२२ छन् भने ५६ महिला छन्। मन्त्रालयका अनुसार बुधबार १२ जना डिस्चार्ज भएका हुन्।  

कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुग्यो : २७८ निको

नेपालमा कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। बुधबार एक ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

दोलखाका बृद्ध जेठ १३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए। अपरेसनपछि गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो । रिपाेर्ट पाेजिटिभ देखिएपछि उनलाई त्रिवि टिचिङ अस्पतालमा पठाइएको थियो। 

प्रवक्ता देवकोटाका अनुसार बुधबार दिउँसो उनको उपचारकै क्रममा मृत्यु भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण आठ जनाको मृत्यु भएको थियो। बुधबार एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। नेपालमा कोरोना जित्नेको संख्या भने २७८ पुगेको छ। 

बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार बुधबार २०१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ। मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। 

बुधबार पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय २४ र आरडीटी विधिबाट चार हजार ३४  जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका अनुसार अहिले एक लाख ५५ हजार आठ सय ८० क्वारेन्टाइनमा छन्।  डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ। डिस्चार्ज हुने पुरुष २२२ छन् भने ५६ महिला छन्। मन्त्रालयका अनुसार बुधबार १२ जना डिस्चार्ज भएका हुन्।  

संक्रमितमध्ये २१ सय ३० जना पुरुष र १७० जना महिला छन् ।  बुधबार पाँचथर, तेह्रथुम र ताप्लेजुङमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिएका जिल्लाको संख्या ६४ पुगेको छ ।

प्रतिक्रिया