कर्णालीमा सात जनाले जिते कोरोना

कर्णालीमा सात जनाले जिते कोरोना

सुर्खेत जेठ २३ गते । : कर्णालीमा पहिलो पटक सात जनाले कोरोना जितेका छन्। संक्रमण देखिएका उनीहरुले दुई हप्तामै कोरोनालाई जितेका हुन्। प्रदेश अस्पताल सुुर्खेतमा उपचार गराइरहेका उनीहरु निको भएपछि शुक्रवार डिस्चार्ज गरिएको हो।

प्रदेश अस्पताल सुर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले कोरोना जितेका सातै जनालाई डिस्चार्ज गरिएको बताए। अस्पतालका अनुसार कोरोना जित्नेमा सुर्खेतको वीरेन्द्रनगरका तीन जना, सुर्खेतकै भेरीगंगा नगरपालिकाका दुई जना र दैलेखका एकजना छन्।

यस्तै डिस्चार्ज भएकी एक महिलाको भने पहिचान खुल्न सकेको छैन। उनले बोल्न नसक्ने भएकाले पहिचान नखेलेको र सांकेतिक भाषाका विज्ञलाई ल्याएर पहिचान खुलाइने अस्पतालले जानकारी दिएको छ।

अस्पतालबाट डिस्चार्ज भएकाहरुले आत्मविस्वासका कारण कोरोनालाई जितेको प्रतिक्रिया दिएका छन्। साथै उपचारका क्रममा अस्पतालमा राम्रो व्यवहार भएको उनीहरुको प्रतिक्रिया छ। 

प्रदेश अस्पतालमा अब ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।पछिल्लो समय भारतबाट फर्किनेहरु बढेसँगै कर्णालीका कोरोना संक्रमण पनि बढ्न थालेको छ। 

सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रवार दिउँसोसम्म कर्णालीमा संक्रमितको संख्या चारसय ८९ पुगेको छ। त्यसमध्ये सबैभन्दा धेरै संक्रमित दैलेखका छन्। कर्णालीमा अब डोल्पा र रुकुमपश्चिमबाहेक सबै जिल्लामा कोरोना देखिएको छ। यस्तै कोरोनाबाट हालसम्म कर्णालीमा दुई जनाको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया