सशस्त्र प्रहरीका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

सशस्त्र प्रहरीका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

दैलेख जेठ २४ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सशस्त्र प्रहरीका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । दैलेख, अछाम र कालिकोटका विभिन्न स्थानीय तहका घरपरिवारलाई स्वास्थ्य तथा सरसफाई सामग्री र खाद्यान्न, स्वास्थ्य चौकी र अस्पतालहरुमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिरहेको सोसेकले सशस्त्र प्रहरी बल दैलेखका लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटा र सञ्चार सहजकर्ता हिक्मतबहादुर नेपालीले सशस्त्र प्रहरी बल दैलेखको कार्यालयमा पुगेर सशस्त्र प्रहरी नायब उपरीक्षक जीवन भट्टराईलाई हस्तान्तरण गरेका हुन् । संस्थाले २० थान एन ९५ मास्क, एक सय थान सर्जिकल मास्क, एक सय थान ग्लोब्स, ५ लिटर हेण्ड सेनीटाइजर उपलब्ध गराएको छ ।

प्रतिक्रिया