कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ पुग्यो, दैलेखमा पाँच महिने शिशु पनि संक्रमित

कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ पुग्यो, दैलेखमा पाँच महिने शिशु पनि संक्रमित

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २४ गते ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ८७ पुगेको छ । शनिवार थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै संक्रमितको संख्या ५ सय ८७ पुगेको हो । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमितको संख्या ५ सय ८७ पुगेको जनाए । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परिक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको डा. तिवारीले बताए ।
संक्रमित हुनेमा दैलेखका ५ महिने शिशु सहित दुल्लु नगरपालिकाका ३ र महाबु गाउँपालिकाका ४३ गरी ४६ जना छन् । दैलेखको महाबु गाउँपालिका वडा नम्बर ५ का पाँच महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै डोल्पाका एक जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरि जाजरकोटका ४ जना, सुर्खेतका ९ र सल्यानका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यसैबीच दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ५४ पुगेको छ । शुक्रवारसम्म ३ सय ८ जनामा कोरोना संक्रमण देखिएको थियो । शनिवार थप ४६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ५४ पुगेको छ ।

प्रतिक्रिया