कर्णालीमा ५४ कोरोना संक्रमित थपिए

कर्णालीमा ५४ कोरोना संक्रमित थपिए

सुर्खेत जेठ २५ गते । कर्णाली प्रदेशमा थप ५४ जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार थप ५४ जनामा कोरोना संक्रमण पृष्टी भएको हो। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ। 

प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार सल्यानमा थप २८, सुर्खेतमा २०, दैलेखमा ३ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार काललिकोटमा ३ जना गरी थप ५४ जनामा कोरोना पृष्टी भएको हो।

हालसम्म कर्णालीमा ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन जना पुगेको छ। जसमा सुर्खेत, दैलेख र डोल्पामा एक÷एक जना नागरिक रहेका छन्। दैलेख कर्णाली प्रदेशको कोरोना ईपीसेन्टर बन्दै गएको छ। हरेक दिन दैलेखमा नयाँ कोरोना संक्रमित थपिन थालेपछि हालसम्म ३ सय ५५ जनामा कोरोना संक्रमण पृष्टी भएको हो। कर्णालीमा कोरोना संक्रमित अधिकांश व्यक्ति छिमेकी मुलुक भारतबाट फर्किएका हुन्।

प्रतिक्रिया