दैलेखका २५ बर्षीय महिलाले जितिन कोरोना

दैलेखका २५ बर्षीय महिलाले जितिन कोरोना

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २६ गते ।
जिल्लाको डुङ्गेश्वर गाउँपालिका(१ का एक दम्पती १५ महिने छोरा च्यापेर जेठ ८ गते भारतबाट गाउँ आइपुगे । उनीहरुलाई चुप्रास्थित क्वारेन्टाइनमा राखियो। दुई दिनपछि र्यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा ती दम्पतीमा कोरोना पोजिटिभ देखियो।तर, उनीहरुकै १५ महिने छोरामा भने नेगेटिभ देखिएको थियो।

लगत्तै बालकसहित आमाबुवाको स्वाब संकलन गरेर सुर्खेतस्थित प्रयोगशालामा पठाइयो । सुर्खेत र नेपालगञ्जस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ।  तीनैजनालाई दैलेख अस्पतालको आइसोलेसन बार्डमा राखेर उपचार थालियो।१५ दिनसम्म ती बालक पनि आमाबुवासँगै बसे । दुई साता बढी आइसोलेसनमा बसेका दम्पती र बालकको शुक्रबार स्वाब संकलन गरेर पठाइयो । सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा आमा र छोराको रिपोर्ट नेगेटिभ आएको छ ।

तर, ती पुरुषमा भने कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिएका ती पुरुषलाई आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. निरञ्जन पन्तले बताए ।  बालक र आमालाई सोमबार डिस्चार्ज गरिएको छ । संक्रमित ३५ वर्षीय ती महिला र संक्रमित नदेखिएका १५ महिने बालकलाई आइसोलेसन अस्पतालबाट डिस्चार्ज गरिएको डा. पन्तले बताए ।

ती महिलाले दुई हप्तामै कोरोनालाई जितेकी हुन् । संक्रमित आमाबुवासँगै बसेका बालकलाई भने कोरोना नदेखिएको डा. पन्तले बताए । कोरोना नजिता नेगेटिभ आएपछि डिस्चार्ज हुने आमा र छोरालाई नारायण नगरका मेयर रत्नबहादुर खड्का, डा. निरन्जन पन्त, डा.जिना सापकोटालगायतले टिका र खादा लगाएर बिदाइ गरे । 

मेयर खड्काले अन्य संक्रमितलाई धैर्य रहन र उच्च मनोबल बनाउन आग्रह गरेका छन् । घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गरिएको छ।  डा. पन्तले सन्तुलित आहारविहारलाई जारी राख्न सुझाएका छन् ।

प्रतिक्रिया