कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुग्यो

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । सोमबार थप १६ जनामा कोरोना संक्रमण पृष्टी भएसँगै कुल संक्रमितको संख्या ६ सय ५७ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार थप १६ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।  आइतबार मात्रै कर्णालीमा ५४ जनामा कोरोना संक्रमण पृष्टी भएको थियो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार सल्यानमा थप १०, दैलेखमा ५ र सुर्खेतमा १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । 

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ३ सय ६१ जनामा कोरोना संक्रमण भएको छ । भने हालसम्म कर्णालीमा ७ जना कोरोना संक्रमित निको भएर घर पर्किएका छन् । सुर्खेत, दैलेख र डोल्पामा एक-एक जना नागरिक कोरोनाबाट मृत्यु भएको छ।  

प्रतिक्रिया