कोरोना संक्रमितहरू आन्दोलनमा उत्रिए

कोरोना संक्रमितहरू आन्दोलनमा उत्रिए

हिक्मतबहादुर नेपाली
दैलेख जेठ ३१ गते ।

जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिहरु आन्दोलनमा उत्रिएका छन् । खानपिन, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । भारतबाट आई गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका उनीहरुमा पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको थियो।

गाउँपालिकाले कोरोना संक्रमितलाई वडा नम्बर १ चुप्रा स्थित त्रिवेणाी संगम माविमा राख्ने निणर्य गरेको थियो । सोहीअनुसार गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का कोरोना संक्रमण पुष्टि भएका ३५ जनालाई शुक्रबाचर क्वारेन्टाइन स्थलबाट हिडाएरै चुप्रा पठाइएको थियो । गाउँपालिकाभर ६७ जनामा कोरोना संक्रमण देखिएका छन् । 

बस्ने ठाउँ, खाना, पानी र शौचालयको उचित व्यवस्थापन नभएपछि घर जान पाउनुपर्ने माग राख्नै शनिबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । राखिएको विद्यालयबाट निस्केर गाउँपालिकाको मटेलाखोला नजिकै जंगलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । ‘संक्रमितहरुलाई दैलेख सुर्खेत सडक खण्डको मटेलानजिकै केहि समय रोकेर गाउँपालिका तर्फ पठाएका छौँ,’ प्रहरी निरीक्षक आचार्यले भने । 

उनीहरुलाई सीता जनसहयोग मावि अवलपराजुलमा लगेर राख्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए । ‘गाउँपालिकाका कोरोना संक्रमितहरुलाई चुप्रास्थित त्रिवेणाी संगम माविमा राख्ने भनेका थियाँै,’ त्यहाँ व्यवस्थापनका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक दल सहितको समिति गठन भएको छ,’ अध्यक्ष मल्लले भने । 

 चुप्र्रामा व्यवस्थापन भएको होला भन्ने लागेर पठाइएको तर त्यहाँ व्यवस्थापन हुन नसकेपछि सीता जनसहयोग माविमा ल्याउन लागेको अध्यक्ष मल्लले जानकारी दिए । ‘संक्रमितहरुलाई सवारी साधनहरुले समेत राख्न मान्दैनन्, यसले झन समस्या सिजना भएको छ,’ अध्यक्ष मल्लले भने । गाउँपालिकाको एम्बुलेन्स बिग्रिएको भन्दै सुर्खेत लिएर थन्क्याइएको गाउँपालिकाका एक जनप्रतिनीधिले बताए । 

प्रतिक्रिया