समाजसेवी जिसीले गरे दुई महिनाको घरभाडा छुट

समाजसेवी जिसीले गरे दुई महिनाको घरभाडा छुट

दैलेख जेठ ३१ गते ।
दैलेखका लोकेन्द्र जिसी कुमारले दुई महिनाको घरभाडा छुट गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलने त्रास बढिरहेका बेला कलाकार, शिक्षक तथा युवा समाजसेवी जिसीले चैत र बैसाख महिनाको घर भाडा छुट गर्ने बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका– १९ शान्तिनगरमा रहेको आफ्नो घरमा भाडामा बस्नेहरुको दुई महिनाको भाडा छुट गर्ने उनले बताए ।
कोरोनाको सन्त्रासले विश्व नै आतंकित भइरहेको बेला ‘एक मानवले अर्को मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएको भन्दै जिसीले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई दुई महिनाको भाडा मिनाहा गरिदिएको बताएका छन् । कलाकारिता र समाजसेवाका क्षेत्रमा क्रियासिल जिसी शिक्षक समेत हुन् ।

प्रतिक्रिया