दैलेखमा ९१ कोरोना संक्रमित थपिए : संक्रमितको संख्या ६२९ पुग्यो, कुन स्थानीय तहमा कति संक्रमित ? (विवरण सहित)

दैलेखमा ९१ कोरोना संक्रमित थपिए : संक्रमितको संख्या ६२९ पुग्यो, कुन स्थानीय तहमा कति संक्रमित ? (विवरण सहित)

सरस्वती मावी स्थित दैलेख अस्पतालको आइसोलेसन बार्ड ।

हिक्मतबहादुर नेपाली
दैलेख असार १ गते ।

दैलेखमा सोमबार एकै दिन कोरोनाका ९१ जना संक्रमित थपिएका छन् । नौमूले गाउँपालिकामा एकै दिन ८७ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले गरेको पीसीआर परीक्षणमा यस्तो नतिजा देखिएको हो ।

नौमूले गाउँपालिका वडा नम्बर १ का ४६, २ का दुई, ३ का दुई, ४ का चार, ५ का एक, ६ का सात, ७ का १५, ८ का १० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नौमूले गाउँपालिकामा संक्रमितको संख्या एक सय ४१ पुगेको छ । 

त्यस्तै दुल्लु नगरपालिका–१ का एक जनामा संक्रमण पुष्टि भएको छ । योसँगै दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परीक्षणमा नारायण नगरपालिका–३ का एक जना र ४ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नारायण नगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ९९ पुगेको छ । 

सोमबार ९१ जना संक्रमित थपिएसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ६ सय २९ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्त स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा.लक्ष्मिनारायण तिवारीले दैलेखमा कोरोना संक्रमितको संख्या ६ सय २९ पुगेको पुष्टि गरे । यीमध्ये एक जनाको मृत्यु भइसकेको छ । 

दैलेखका कुन स्थानीय तहमा कति संक्रमित ?

नारायण नगरपालिका : १९९ जना
नौमूले गाउँपालिका : १४१ जना
महाबु गाउँपालिका : १०८ जना
दुल्लु नगरपालिका : ६८ जना
डुङ्गेश्वर गाउँपालिका : ६८ जना
आठबीस नगरपालिका : २१ जना
भगवतीमाई गाउँपालिका : ९जना
भैरबी गाउँपालिका : ९ जना
ठाटीकाँध गाउँपालिका : ३ जना
गुराँस गाउँपालिका : २ जना
चामुण्डाविन्द्रासैनी नगरपालिका : १ जना

प्रतिक्रिया