दैलेख काँग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

दैलेख काँग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

दैलेख असार २ गते ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखले प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो । नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति कृष्णकुमार विसी, कोषाध्यक्ष पूर्णबहादुर खत्री, नेपाल महिला महिला संघ दैलेखका सभापति सिताकुमारी राना सहितका नेताहरुको प्रतिनीधिमण्डलको टोलीले प्रमुख जिल्ला अधिकारी युवराज कटेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।


गत जेठ २६ गते पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेका नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले कोरोना भाइरसको महामारी, त्यसबाट उत्पन्न परिस्थिती, तत्कालिन एवं दिर्घकालिन प्रभाव, नेपाल सरकारको भूमिका र तत्काल गर्नुपर्ने कार्यबारे गहन छलफल गरि गरेको निणर्य अनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराईएको नेपाल महिला संघ दैलेखका सभापति सिताकुमारी रानाले ज्वाला सन्देशलाई जानकारी दिइन् ।
ज्ञापन पत्रमा संघ, प्रदेश र स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने राहत आवश्यकताको आधारमा हुनुपर्नेमा त्यो न्यायपूर्ण ढंगले नभएको उल्लेख छ । श्रमिक, बेरोजगार तथा अपाङ्गता भएका नागरिकहरुको वास्तविक पहिचान गरी न्यायोचित राहत वितरण गरिनुपर्ने लगाएतका ११ बुँदे माग गरिएको छ ।
हेर्नुहोस् ज्ञापनपत्र :

प्रतिक्रिया