दैलेख सहित चार जिल्ला कोरोना ‘हटस्पट’, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

दैलेख सहित चार जिल्ला कोरोना ‘हटस्पट’, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ असार २ गते । सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको हो ।

गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनस्वास्थ्यसम्बन्धि मापदण्ड अनुसार यी जिल्लाको अवस्था उच्च जोखिममा रहेकोले अर्को व्यवसथा नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा सुचारु नगरिएको बताए । ‘सरकारले २ सय सम्म कोरोना संक्रमित रहेका जिल्लामा शर्तसहित लकडाउन खुकुलो पार्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सेवा सुचारु गर्ने निर्णय लिएको छ,’ अधिकारीले कान्तिपुरसँग भने, ‘तर सर्लाही, रौतहट, कपिलबस्तु र दैलेख संक्रमणको उच्च जोखिम रहेकै कारण यस क्षेत्रमा लकडाउनलाई थप कडाइका साथ पालना गर्न स्थानीय प्रशासनलाई भनेका छौं ।’

प्रतिक्रिया