कर्णालीमा संक्रमितको संख्या ११ सय नाघ्यो

कर्णालीमा संक्रमितको संख्या ११ सय नाघ्यो

सुर्खेत असार ३ गते । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार ४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा १४ गरी थप १८ जना नयाँमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार पृष्टि भएका नयाँ संक्रमितमध्य सुर्खेत र दैलेखका २÷२ तथा कालिकोट सान्नीत्रिवेणी गाउँपालिका २, ३ र ५ नम्बर वडाका १४ जना रहेका छन् ।

कर्णालीमा हालसम्म ४ सय ९४ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने १६ हजार बढीको कोरोना परीक्षण गरिएको छ । कर्णालीमा कोरोना पुष्टि भएका तीनजनाको हालसम्म मृत्यु भएको छ। गएको सोमबार बिहान सुर्खेत गुर्भाकोटमा क्वारेन्टाइन बसेका एक युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ६ सय ३६ जना र सबैभन्दा कम हुम्ला र डोल्पामा एक÷एक तथा मुगुका दुईजनालाई कोरोना पुष्टि भएको छ । यस्तै सल्यानका १ सय ३७, सुर्खेतका २ सय ३७, जाजरकोट ८, कालिकोट ४२, जुम्लामा २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पुष्टि भएको छ।   

प्रतिक्रिया